२६ लागे सलोन

नेपाली चलचित्र क्षेत्रमा ६ बर्षको उमेर देखी लागेका नायक सलोन बस्नेत आज आफ्नो २६औँ जन्मदिन मनाउँदै छन ।
यतिबेला उनी शुब्रत आचार्यको फिल्म सुश्री सम्पतीको छायाङ्कनका लागि पोखरामा छन । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘ए मेरो हजुर २’बाट उनले निकै प्रसंसा पाएका थिए । लिड रोलमा भन्दा पनि क्यारेक्टर रोलमा चर्चित सलोनले ४ दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन । यो हिसाबले भन्दा आफ्नो उमेर भन्दा बढी फिल्म खेलीसकेका छन् उनले । चलचित्र ‘नेपाली बाबु’बाट बाल कलाकारका रुपमा नेपाली फिल्मी क्षेत्रमा डेब्यु गरेका बस्नेतको आफ्नो पन, आफन्त, ढुकढुकी, हामी तीन भाई, होस्टल, गजलु, आधा पेज, ए मेरो हजुर २ लगायत करियरका महत्वपुर्ण फिल्महरु हुन् ।
होस्टल फिल्म भित्रको उनको नाम ‘जंगे’ उनको सर्वनाम जस्तै साबित भएको थियो । धेरैले उनलाई जंगेको नामले पनि चिन्ने गरेका छन् । पिता शोभित बस्नेतको साथ र सहयोग पनि उनको फिल्मि करियर उकासिनुको अर्को महत्वपुर्ण पाटो हो । क्यारेक्टरलाई न्याय दिनु नै मेरो प्रमुख दायित्व हो भन्ने सलोन बश्नेतको भद्र र सालिन छबी सदाबहार रहोस, जन्मदिनको शुभकामना ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया