क्रिकेटर सन्दिप लामिछाने अब गायक पनि

स्पिन बलर सन्दिप लामिछानेको “उदास थियो यो मेरो मन” बोलको गीतको टिजर् सार्वजनिक भएको छ ।‘गायन सँधै मेरो दोस्रो सौखको रुपमा रहेको छ ।एउटा गीतमार्फत मैले आफ्नो सौखलाई उजागर गर्ने इमान्दार प्रयत्न गरेको छु,’सामाजिक सन्जालंमा लेख्दै क्रिकेटर लामिछानेले इन्डियन प्रिमियर लिग खेल्न जानु अगाडी उक्त गीतको टिजर उनका फ्यानहरुलाइ उपहारको रुपमा प्रस्तुत गरेका छन् । क्रिकेटमा जादु गर्दै आएका उनको आवाजमा समेत जादु रहेको देखियो । ‘प्रतिक्षा’ एल्बम चाडै लिएर आउन लागेको बताउने क्रिकेटरको पहिलो प्राथमिकता क्रिकेट भएपनि दर्शक स्रोता माझ संगीतले उनलाई कतिको लोकप्रिय बनाउछ हेर्न बाँकी छ ।