ठिक्क बन्दा दर्शक दिक्क हुन्छन् कि प्रियंका जी

- मेराेफिल्म

कलाकार भैसकेपछि दर्शकले पछि सम्म पनि संझने भूमिका गर्न आवश्यक छ । चलिन्जेल चलुम न त भन्ने सोचमा काम गर्दा केहि बर्ष त चलिएला, तर हराएपछि खोज्ने कोहि हुँदैनन् । अभिनेत्री प्रियंका कार्कीको काम गराई अहिले कसरी चल्ने भन्नेमा बढी फोकस छ । प्रियंकाले गरेका अधिकांश फिल्म किन उनले गरेकी होलिन् भन्ने भान हुन्छ ।

फिल्म ‘सत्रु गते, लिलिबिली’मै उनलाई हेर्ने हो भने पनि उनी किन यस्ता भूमिकामा अल्झिएकी छिन् भन्न सकिन्छ । प्रियंका अहिले ठूला ब्यानरमा फिल्ममा जस्तो भूमिका पाएपनि काम गरौ भन्ने सोचमा छिन् । यसोगर्दा, केहि समय फिल्म क्षेत्रमा टिकिने र राज गरिने उनको वुझाई छ । तर, देशकै नम्बर १ अभिनेत्रीले अब आफ्नै खुबीमा फिल्म धान्न सक्ने खुबी राख्नुपर्ने होइन र ? उनमा यो सोच आएकै छैन ।

धेरै कलाकारको झुण्डमा अल्झिएर उनी केहि बर्ष सफल हुन चाहन्छिन् । यसरी, जहाँ पनि ठिक्क हुँदा दर्शक दिक्क पो हुने हुन् कि ? प्रियंकाले सोच्ने बेला आएको छ ।

२०७४ चैत १२ गते ६:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *