जसिता र म दुवै बेहोस भयौं –प्रदिप खड्का

मेरो विचारमा लभ ‘गिभिङ एण्ड फरगिभिङ’ हुनुपर्छ । एउटा केटा ड्रग एडिक्ट छ भने गर्लफ्रेन्डले छोड्न सक्ला तर बुवाआमाले छोड्न सक्दैन । त्यो वास्तविक प्रेम हो । तर विहे गरेपछि बुढा जँड्याहा छ भने उसलाई सुधार्नुपर्छ । त्यो चाहिँ सेल्फलेस लभ हो । प्रेमगीत र प्रेमगीत २ को सफलतासँगै प्रदिप खड्का स्टारको रुपमा चिनिन थालेका छन् । बिकाउ स्टारको नाम लिनु पर्दा सम्भवतः अनमोलपछि प्रदिपकै नाम आउँछ । फिल्म छनोटको मामलामा सतर्क देखिँदै आएको प्रदिपको नयाँ फिल्म लिलीबिली आउँदौ चैत ३० मा प्रदर्शन हुँदैछ । फिल्मको प्रचारमा व्यस्त रहेका प्रदिपसँग मेरो फिल्मले गरेको अन्तर्वार्ताका केही महत्वपूर्ण अंशहरु :

लिलीबिलीमा कसरी जोडिनुभयो ?फिल्म प्रेमगीत २ को बेलामा फिल्मको वितरक गोविन्द शाही हुनुहुन्थ्यो । त्यो बेला चिनजान भएको थियो । उहाँले त्यो बेला एउटा फिल्म निर्माण गर्ने सोच छ भन्नुभएको थियो । उहाँले फिल्मको कथालाई एक सिन, दुई सिन जति डेभलप हुँदै गयो । त्यसरी नै ५, ६ महिना फिल्मको सिन सुनाउँदै जानुभयो । मैले त्यो बेला आफ्नो निर्णय दिन सकेको थिइन । मैले चाहिँ पहिले एउटा फिल्मको परफरमेन्स देखियोस् । व्यावसायिक रुपमा कस्तो हुन्छ । मैले के सुधार्नु पर्छ । के हुन्छ त्यो विचार गर्छु । अनि बल्ल फाइनल डिसिजन गरुम्ला भने । पछि फिल्म रिलिज भयो । व्यावसायिक रुपमा पनि फिल्म सफल भयो । अनि हुन्छ नि त भनेर फिल्म साइन गरें ।मिलन चाम्सको पहिचान औसत फिल्म बनाउने निर्देशकको रुपमा छ, जबकि तपाईँबाट दर्शकले धेरै अपेक्षा लिएर बसेका छन् । रिस्क लिए जस्तो लागेको छैन ?मैले बुझे अनुसार एकजनाले मात्र फिल्म बिग्रिने पनि होइन, सप्रिने पनि होइन । म हुँदा फिल्म सुपरहिट पनि हुने होइन । म नहुँदा फिल्म फ्लप पनि हुने होइन । एउटा कविता लेख्न गीत भए पुग्छ । गायकलाई गाउन संगीत र शब्द भए हुन्छ । तर फिल्म बनाउन ५० देखि ५ सय सदस्य चाहिन्छ । त्यो प्यासन र क्षमता पक्कै पनि मिलन चाम्ससँग छ । म त्यहाँ इन हुँदा मेरो र उहाँको आउटपुट सत प्रतिशत देखिन्छ भनेर नै म उहाँसँग गएको हो ।
देखिन्छ ?त्यो त फिल्म रिलिजपछि तपाईंहरुले मूल्यांकन गर्ने कुरा हो ।
तपाईं आएदेखि विभिन्न गसिपमा फस्ने गर्नुभएको छ, सतर्क हुनुपर्छ जस्तो लाग्दैन ?मेरो विचारमा प्रमोसनका लागि गसिप मेजर फ्याक्टर पनि हो । फिल्मका लागि र कलाकारका लागि फाइदाकै कुरा हो । गलत गसिप छ भने त्यसलाई टाइममा कन्ट्रोल गर्नुपर्यो ब्युटी भनेको गसिप पनि हो । गसिपले चर्चा पनि ल्याउँछ । त्यो चर्चाले एउटा कलाकारलाई तल पनि झार्छ । आफूसँग जोडिएका गसिप पढ्दा कस्तो लाग्छ ? मेरो विचारमा गसिपको असर उसको सुरुवाती इमेजले निर्धारण गर्छ । यदि मेरो इमेज त्यसरी बिल्डअप भएको छ भने जेपायो त्यहि स्टाटस लेखिराको हुन्छ, यो पनि गर्याे होला, यो पनि भन्यो होला भन्छन् । तर म साधारणतया यस्ता कुरामा बोल्दिन । त्यही भएर मलाई त्यस्तो असर गर्छ जस्तो लाग्दैन । नेगेटिभ इमेज छ भने चाहिँ नभनेको कुरा पनि पत्याउन सक्छ ।

अहिलेसम्मको अनुभव के छ ?धेरैजनाले हेडिङ मात्र हेरेर कन्टेन्ट नहेरिकनै हेडलाइनमा के लेखिदिएको हुन्छ नि त्यही अनुसार पत्याइदिनुहुन्छ । अनि त्यसको रिजल्ट चाहिँ तल कमेन्टमा देखिन्छ । गल्ती दुवै पक्षको हुन्छ । बोल्नेले के सेन्समा बोल्यो, बुझ्नेले के सेन्समा बुझ्यो, त्यसले असर पार्छ । कुनै पनि कुरालाई नबुझेर त्यसलाई जज गर्नु हुँदैन । मान्छे कहिल्यै पनि एउटा हुँदैन । एउटा मान्छे तीनवटा हुन्छ । आफूले आफूलाई के सोच्छ, त्यो एउटा भयो । अनि अरुले आफूलाई के सोच्छ । त्यो अर्को हो । अनि म रियलमा के हो त्यो फरक पनि हुनसक्छ । मैले जे सोचे त्यो नहुन पनि सक्छु नि त । त्यही भएर केही कुरा जज गर्नुभन्दा अगाडि सबै कुुरा विश्लेषण गरेर लेख्दा राम्रो हुन्छ ।
लिलीबिली पछाडि के गर्दैै हुनुहुन्छ ?धेरैवटा फिल्मसँग नाम जोडिएको छ । भैरवीको चाहिँ प्रिप्रोडक्सनको काम भइरहेको छ । हामीले दशैं तिहारमा एग्रिमेन्ट गर्दा फागुनमा सुटिङमा जाने कुरा भएको थियो । यसो गर्दा लिलिबिलीलाई असर पर्न सक्छ , भैरवीलाई पनि असर पर्न सक्छ भन्ने कुरा भयो । त्यसैले यो अझै दुई तीन महिना सर्न सक्छ । प्रदिपले जोसँग काम गर्यो उसैसँग गुटबन्दी गरेजस्तो लाग्छ । भोलिको स्टार यसरी एक दुई जनाको इशारामा नाच्नु ठिक हो र ? छैन, छैन । त्यस्तो कुनै क्याम्प छैन । म उहाँहरुसँग नजिक भएर वा सँगै भएर पनि आम मानिसले मलाई क्याम्पमा छ भन्छन् । तर वास्तविकता त्यस्तो हैन । म सबैसँग काम गर्न ओपन छु ।कुनै प्रोजेक्टमा इन्भल्भ हुँदा तपाई व्यक्तिगत निर्णय लिनुहुन्छ कि तपाईको समूहसँग सल्लाह गर्नुहुन्छ ?अहिले त आफैले लिन्छु । एउटा कुरा सेयर गर्न मनलाग्यो मलाई । राजा महेन्द्रले एकपटक राती सुत्ने बेलामा रानी रत्नसँग एउटा सल्लाह माग्नुभयो रे । तर रानीले जवाफमा म तपाईलाई सल्लाह दिन्न भन्नुभयो रे । ‘अनि किन?’ भनेर सोध्दा ‘मैले दिएको सल्लाह कहिलै त मान्नु हुन्न भन्नुभएछ । मेरो कथामा पनि यस्तै छ । म सबैको कुरा सुन्छु, तर फाइनल डिसिजन म आफै दिन्छु । लिलीबिलीका सार्वजनिक गीत तथा ट्रेलर हेर्दा एकदमै कठिनसँग सुटिङ गरेजस्तो देखिन्छ । अनुभव कस्तो थियो ? भयंकर चिसो मौसममा फिल्म खिचिएकोले निकै गाह्रो परेको थियो । तर टिमको सहयोगले सकेर त आइयो । खासगरी जसिता उहिँको भएकाले पनि सजिलो भयो । तर बेहोश हुने मामलामा हामीबीच प्रतिस्पर्धा जस्तो भयो । उहाँ मभन्दा कम लुगा लगाउने, त्यसैले मभन्दा बढी जसिता नै फेन्ट भयो । यसले कतिपय अवस्थामा सुटिंग नै रोक्नुपरेको थियो । तर पहिलो फिल्म भए पनि जसिताको आत्मविश्वास गज्जबको थियो । म पहिलो पटक हिरो बन्दा ममा कन्फिडेन्स थिएन । तर यहाँ पनि उहाँभन्दा म बढी नर्भस देखिन्थे । किनभने रोमान्टिक एक्सप्रेसन निकाल्न भयंकर गाह्रो भएको थियो ।जसितासँगको अफस्क्रिन केमेस्ट्री कस्तो रह्यो ?एउटा आधारभूत बुझाइ त चाहिन्छ । कलाकारलाई बुझिएन भने त्यसलाई चित्रण गर्न गाह्रो पर्छ । पचास जनाको अगाडि जोकोही रियल हुन पनि सक्दैन । त्यही भएर अफस्क्रिन फ्रेन्डसिप चाहियो । कम्फर्ट जोन चाहियो । जसितासँगको सम्बन्ध यत्ति नै हो ।प्रदिपले अघिल्ला दुई फिल्ममा ‘गीत’लाई मरिहत्ते गरेको देखिन्छ । वास्तविक जीवनमा पनि त्यस्तै केटी चाहिएको हो कि फरक केटीको खोजी छ ?अहिले त्यस्तो फान्टासी छैन । तर पहिला चाहिँ त्यस्तै लाग्थ्यो । मेरो पछाडि धेरै मान्छे लागोस् भन्ने फेन्टासी थियो । तर अहिले त्यस्तो छैन । अहिले चाहिँ कामलाई बुझ्ने खालको केटी होस् भन्ने लाग्छ ।त्यो क्वालिटी जसितामा छ कि छैन ?त्यो एंगलबाट हेरेको पनि छैन । त्यसरी बुझ्न एकदुई महिनाको समय काफी हुन्छ जस्तो पनि लाग्दैन ।
फर्स्ट लभ ?१४, १५ वर्षको उमेरमा मलाई लाग्छ । ९, १० मा पढ्दा पहिलो प्रेमको अनुभव गरेको थिएँ ।
त्यतिबेलाको लभको बुझाइ र अहिलेको बुझाइमा केही भिन्नता छ ?त्यतिबेलाको बुझाइ अर्कै थियो । अहिलेको बुझाइ अर्कै छ । अहिले चाहिँ लभ इज गिभिङ एण्ड फरगिभिङ हुनुपर्छ । एउटा केटा ड्रग एडिक्ट छ भने गर्लफ्रेन्डले छोड्न सक्ला तर बुवाआमाले छोड्न सक्दैन नि । त्यो वास्तविक प्रेम हो । तर विहे गरेपछि बुढा जँड्याहा छ भने त्यो उसले सुधार्नुपर्छ । त्यो चाहिँ सेल्फलेस लभ हो । अरु चाहिँ सेल्फिस लभ हो ।
प्रेमगीत नचलिदिएको भए प्रदिपले देश छाड्थ्यो भनिन्छ ? हो ?फिल्म चलेन भने भाग्नका लागि रेडी थिएँ । प्रेमगीत पछाडि अष्ट्रेलिया जाने तयारीमा थिएँ । प्लस टु पछाडि अमेरिका जान खोजेको थिएँ । व्याचलर पछाडि पनि पाँच छ वटा देश जाने कोशिस गरे । तर कतै सफल भइन । सबै राम्रो थियो । पढाई पनि राम्रो थियो । तर के नमिल्ने नमिल्ने । फिल्म इस्केपमा पनि राम्रो पैसा खर्च भएको थियो । फिल्मबाट रिटर्न छैन, बाहिरै देश जाउँ भन्ने परिवारको जोड थियो । प्रेमगीत चलेपछि बाहिरै जाने सल्लाह थियो । तर भगवानको कृपा, अडियन्सको मायाले जानुपरेन ।अष्ट्रेलिया जानलाई टोफेलमा कति स्कोर गर्नु भएको थियो ?टोफेलमा ८६ आएको थियो ।
तपाईले जुन देशको नाम भन्नुभयो, अहिले त्यो देशमा तपाई सजिलै आउजाउ गरिरहनुभएको छ । त्यो देशमा पहिलोपटक सुटिंगमा जाँदा तपाईले के सोचिरहनुभएको थियो ?प्रेमगीत हिट भयो । प्रेमगीत फेब्रुअरीमा चलेर हिट भएको थियो । मार्चमा एक महिना भइसकेको थियो । मेरो एउटा साथी अष्ट्रेलिया गइसकेको थियो । हामी इण्डोनेसिया मेरो बर्थडेको अवसर पारेर बाली गएका थियौं । सबैठाउँ घुमिसकेको छु । अब जापान जाँदैछु । जेहोस् फिल्मले गर्दा घुमाइ राम्रो भइरहेको छ ।स्केप, प्रेमगीत र प्रेमगीत २ सम्म आइपुग्दा आफू कहाँ छु जस्तो लाग्छ ?अब अहिले एउटा यस्तो फेजमा छु, अब जता पनि जान सकिन्छ । एउटा खोजेको आइडेन्टीटी पाएँ । बाटोमा मास्क नलगाइ हिँड्दा पनि चिन्नुहुन्छ । जे होस् एक किसिमको आइडेन्टीटी कमाएको छु । अब जोगाउन पनि लाग्नुपर्छ ।तपाई मिडियासँग अलि भाग्न खोजे जस्तो लाग्छ । केही सेक्रेट छ हो ?त्यस्तो केही सेक्रेट छैन । मैले अघि नै भने नी जे कमाएको छु त्यो जोगाउनुपर्नेछ । पहिला जे गरेपनि हुन्थ्यो अब त्यसो गर्न पाइन्न बोलेको अर्थको अनर्थ निस्कन सक्छ । जस्तो हामी थाइल्यान्डमा जिस्किएर सन्तोष दाइ,म अनि अर्को दाइले पिसाब गरे जस्तो गरेको फोटो हालिदिएका थियौं । तर नेपाली कलाकारले विदेशमा गएर असभ्य व्यवहार गरे भन्ने समाचार आयो । मैले जे गर्दा पनि बाहिर मिडियामा के आउँछ भन्ने डर हो । त्यही भएर पनि मिडिया सामु जानु अघि के भन्ने कसो गर्ने, मेरो अन्तरवार्ता हेरेर मान्छेले केही कुरा सिकुन् जानुन् भन्ने बुझेर नै मिडियामा कम आएको हुँ ।