‘डी फोर डान्स’ हल्ला मात्रै, धर्मेशले मुद्धा हाल्लान् भन्ने डर भयो – सुदर्शन थापा

पछील्लो समय सुदर्शन थापाले ‘डी फोर डान्स’ फिल्म निर्देशन गर्ने भनी आएका समाचारहरुको खन्डन गर्दै निर्देशक थापाले उक्त फिल्मको बिषयमा कहीँ कतै कोहीसँग कुरा नभएको मेरोफिल्मलाई बताएका छन ।
हामीसँगको टेलिफोन बार्तामा उनले भने ‘मैले कुनै फिल्म घोषणा गरेको छैन । बिकास बोर्डमा २ फिल्म दर्ता गरेको थिए टाईटल होल्ड गर्नकालागि मात्र । त्यसलाई आधार मानेर अपुस्ट समाचार बहिरिएछ । तर समाचारमा आए जस्तो कुनै कलाकारसँग सम्झौता भएको छैन । अहिलेसम्म धर्मेशसँग मेरो कुरा भएको छैन र भेटेको पनि छैन । तर, निर्मातासँग धर्मेस हुन्छ की भन्ने चिया गफ भएको हो ।’ ‘त्यो फिल्म अहिले निर्माण हुने पनि होइन । करिब डेड दुई बर्षपछीको प्लान हो मेरो ।
समाचारहरु यसरी ठुकुवा गरेझै आएकी धर्मेशले मलाई मुद्धा हाल्लान् भन्ने डर पो भयो’ उनले ठट्टौली गर्दै भने । त्यो फिल्ममा इभन पूजा पनि फाइनल भएको होइन । रामकहानीको सुटिङ अज्झै बाँकी रहेको र रामकहानी पछी अर्को एक ब्यानरको काम गर्ने कि भन्ने मनस्थिती बनाइरहेको उनले बताए । रामकहानी भदौ २२मा रिलिज हुँदै छ । त्यसपछी कुरा मिलेसम्म अर्को ब्यानरको एक फिल्म मङ्सिर तिर फ्लोरमा जानेछ अनी बल्ल ‘डी फोर डान्स’को सोच अगाडी बढ्नेछ उनले भने ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया