फिल्म ‘रोजी’मा प्रदिप खड्का र मिरुना मगरको जोडी पक्का

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘रोजी’मा नायक प्रदिप खड्काको जोडीका रुपमा नायिका मिरुना मगर देखिने पक्का भएको छ ।

फिल्मका लागि प्रदिप र मिरुना दुवैसँग सम्झौता भैसकेको जानकारी श्रोतले दिएको छ । निरक पौडेलले निर्देशन गर्ने रोजीमा प्रदिप र मिरुनाका अलावा क्यारेक्टर रोलकालागी निर शाह र गौरी मल्ल समेत कुरा भैरहेको बुझिएको छ । प्रदिपको पछिल्लो समय फिल्म लिली बिलि चैत्र ३० गते देखि प्रदर्शन हुदै छ । लिली बिलि प्रदर्शन पश्चात उनी फिल्म बैसाख ५ गतेबाट फ्लोरमा जनेछ ।

देश भित्रै तथा बिदेशमा समेत फिल्मको छायाङ्कन हुने श्रोतले जानकारी दिएको छ । फिल्म लालपुर्जा मार्फत डेब्यू गरेको मिरुना र पछिल्लो समयका स्टार प्रदिपको यो जोडी कत्तिको हिट\ साबित हुन्छ त्यो भने पर्खाइको बिषय बनेको छ ।

को हुन् मिरुना मगर  एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएर नाटक तथा फिल्ममा पाइला चालेकी नायिका हुन् मिरुना मगर । बेलायतबासि उनी चलचित्र लालपुर्जा मार्फत नेपालि रजतपटमा प्रवेश गरेकी हुन् । त्यसअघि उनले अभिनय गरेको नाटक ‘कथादेश ३’मा उनको अभिनयको निकै तारिफ भएको थियो ।

उनले बाल कलाकारको रुपमा फिल्म ‘क्याबिन गर्ल’मा अभिनय गरेकी थिइन् । स्थायी घर धरान भएकी उनले बाल्यकालमा ‘किड्क्विन’ प्रतियोगिता जितेकी थिइन् । परिवारसंगै बेलायत बस्दै आएकी उनले ‘वे आउट अफ माई लिग’ नामक सर्ट फिल्ममा पनि अभिनय गरेकी छिन् । उनले विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिनुका साथै म्युजिक भिडियोहरुमा अभिनय समेत गरिसकेकी छिन् । उनले भन्ने गरेकी छिन्, ‘ मेरोलागी आमा शशि थापा सुब्बाको रंगकर्म र फिल्म प्रतिको लगाब नै फिल्म क्षेत्रमा प्रबेश गर्नुको सबै भन्दा ठुलो प्रेरणा हो ।

‘ नेपाली चलचित्र ‘लाहुरे’ र ‘लालपूर्जा’मा प्रमुख भूमिका निर्वाह गरेकी मिरुनालाई निर्माता माधब वाग्लेले फिल्म ‘लालपुर्जा’ मार्फत डेब्यू गराएका हुन् यध्यपी निर्माता वाग्लेले पछि उक्त फिल्मबाट हात झिकेका थिए । चर्चित ब्यानरबाट डेब्यू गरेकी मिरुनाको करिअर कसरी अगाडि बढ्ला भन्ने आकलन हुदै गर्दा उनी नेपाली रजतपटका पछिल्लो समयका स्टार प्रदिप खड्कासँग फिल्म रोजीमा रोमान्स गर्दै छिन् ।
तस्बिरमा हेर्नुहोस मिरुना मगर :-