सलमानले रिजेक्ट गरेका फिल्म सुपरहिट

हाल सलमान फिल्म रेस ३मा ब्यस्त छन् । यस फिल्मको पहिलो लुकले नै दर्शक एक्साइटेड भएका छन् ।  रेस ३मा सलमान साथै अनिल कपूर, सकिव सलिम, जैक्लीन फर्नांडीस तथा डेजी शाह लीड रोलमा रहेका छन् ।

यस भन्दा अगाडीको दुइ वटा रेसमा सैफ अलि खानलाई देखाइएको थियो भने रेस ३मा सलमान रहेका छन् । सालमान खान आफ्नो फिल्म सोच विचार गरेर मात्रै लिन्छन् भने उनको उपस्थिति नै १०० करोड मान्ने गरिन्छ । रेस ३मा पहिले सलमानको नेगेटिभ रोल थियो, उक्त रोल गर्न नमाने पछि उनको भूमिका परिवर्तन गरियो ।

बढी सोचेर काम गर्नाले कतिपटक सलमानलाई घाटा समेत भएको छ ।  बाजीगर, चक दे इंडिया, गजनी, कल हो ना हो, जोश, दिलवाले दुल्हनिया ले जाएंगे लगायत फिल्म सल्माने रिजेक्ट गरेका थिए, जुन फिल्महरु बलिउडमा सुपरहिट हुन पुगे । सुरुमा उनले रेस ३ मा समेत अभिनय गर्न चाहेका थिएनन् ।