‘त्यस पछी मैले रोक्नै सकिन,’ ‘हरी’ ट्रेलर

बिपिन कार्की अभिनित फिल्म हरिको ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘नाका’बाट आफ्नो अभिनयलाई अर्को एक उचाई दिएका बिपिन कार्कीको यो अर्को फरक खालको अभिनय रहेको फिल्म हो, ट्रेलरले त्यो दर्साउँछ ।

‘हरी’ सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशान्मा तयार भएको छ । फिल्ममा बिपिन सँगै सुनिता श्रेष्ठ ठाकुर, कमल मणी नेपाल, थिन्ले लह्मो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, राम भजन कामत, सुनिशा बजगाई लगायतको अभिनय रहेको छ ।

योगेश्वर पौडेल थाक्पा तमाङ र माधव थापा कार्यकरी निर्माता रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायाङ्कन र अर्जुन कार्कीको सम्पादन रहेको छ ।