हरेक फिल्ममा ऋचा र अर्पण, संयोग मात्र होला र ?

फिल्म ‘चंगा चेट’को बारेमा समाचार सार्वजनिक हुँदै गर्दा यसमा अभिनेत्री ऋचा शर्माको नाम मात्र थियो । तर, फिल्मको मुहुर्त हुँदा अभिनेता अर्पण थापा पनि यसमा जोडिए । फिल्म बजारमा अर्पण र ऋचाको प्रेम सम्बन्धको खबर चलेको धेरै भैसक्यो । तर, दुबैले एकसाथ काम गर्दैमा प्रेम नहुने बताउँछन् ।
उसो भए, यी दुइले हरेक फिल्ममा एकसाथ काम गर्नु संयोग मात्र हो त ? फिल्म क्षेत्रमा त्यस्ता धेरै जोडी छन् जो प्रेममा छन् र एकसाथ फिल्ममा काम गर्न चाहन्छन् । फिल्ममा एकसाथ काम गर्दा ‘लमसम’ पारिश्रमिक लिएर उनीहरुले काम गर्छन् ? ऋचा र अर्पण पनि एक अर्कालाई कतै सिफारिश त गर्दैनन् ?
कारण, ऋचाले काम गरेको फिल्ममा अर्पण र अर्पणले काम गरेको फिल्ममा ऋचा हुनु संयोग मात्र होइन होला । फिल्म ‘फेरि फेरि’को अहिले छायांकन भैरहेको छ, जसमा यहि नै जोडी छ । आजसम्म यी दुइले आधा दर्जन भन्दा बढी फिल्ममा एकसाथ काम गरिसकेका छन् । अब त यस्तो देखिदैछ कि, ऋचाविना अर्पण र अर्पणविना ऋचाले फिल्म नै गर्दैनन्