केही त खाउ करीना, कुपोषण होला !

भर्खरै सिंगापुरमा भएको समर फेसन वीक २०१८ मा कार्तिक आर्यन र करीना कपूरले डिजाइनर मनिष मलहोत्राको शोमा र्याम्प वाक गरेका छन् । उक्त शोको तस्विर करीनाले आफ्नो ट्विटर मार्फत पब्लिश्ड गरेकी थिइन् । सेयर गर्दै उनले लेखिन Walked for my fav @ManishMalhotra With The Beautiful #KareenaKapoorKhan । करिनाको लुकलाई लिएर सोसल मिडियामा युजर्सले मजाक बनाएका छन् । सेयर गरेका फोटोहरुमा उनी धेरै दुब्ली देखिएकी छिन जुन लुक उनका फ्यानलाई मन परेन र ट्रोल बनाउन थाले । कसैले लेखेका छन् ‘केहि खाने गर नत्र कुपोषण होला’ ।