ब्रह्मास्त्रको सुटिङ सकेर आलिया मुम्बईमा


आलिया भाटलाई २०१८ मा फिल्महरुको लाइन लागेको छ । यस बर्ष मेग्ना गुल्जारको राजी, जोया अख्तारको गुल्ली बोईु र अयान मुखर्जीको ब्रह्मास्त्र जस्ता इन्डस्ट्रिकै ठूला फिल्महरुमा काम गरिरहेकी छिन् । तीनै वटा फिल्मका को-स्टारसँग उनी पहिलो पटक स्क्रिन सेयर गर्दैछिन् । भिकि कैसल ,रनभिर सिँह, रनविर कपूर संग उनलाई देख्न पाइने छ । यी फ्रेस जोडी कै कारण दर्शक हाल सम्म जाने अनुमान गर्न सकिन्छ । आलिया ब्रह्मास्त्रको सुटिङका लागि बुल्गेरियामा केही हप्ता देखि रहदै आएकी थिइन् । उनी सुटिङ सकेर फर्किंदा एअरपोर्टमा देखिएकी थिइन् । फिल्म ब्रह्मास्त्रमा अमिताभ बच्चन पनि रहेका छन् । फिल्मलाई करण जोहरको धर्म प्रोडक्सनले निर्माण गरेको हो ।