दयाको आँखामा सुरक्षा
फिल्म ‘अझै पनि’बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन सुरक्षा पन्त । पेशाले उनी सिभिल इन्जिनियर हुन । उनै सुरक्षा दयाको आँखामा परेकी छिन् फिल्म ‘भैरे’मा ।
प्रदर्शन मिती नजिकिँदै गर्दा निर्माण टिमले फिल्म भित्रका गीतहरु धमाधम रिलिज भैरहेका छन् । सोहि क्रममा फिल्मको दोश्रो गीत ‘सनम माया लाको’ सार्बजनिक भएको छ । एभरेष्ट सुर्य बोहोराको शब्दमा यम बरालको संगीत रहेको गीतमा अन्जु पन्त र यम बरालको स्वर रहेको छ । गीतमा फिल्मका दुई मुख्य कलाकार दयाहाङ राई र सुरक्षा पन्त फिचर गरिएको छ । एभरेष्ट सुर्य बोहोराको लेखन तथा निर्देशन रहेको छ । लेख बहादुर पुन कार्यकारी निर्माता रहेको फिल्मलाई प्रेम प्रशाद पौडेल र देवी माया अधिकारिले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा करुणाकर घिमिरे, सबिता गुरुङ, कुमार बस्नेत र यम बराल सह-निर्माता रहेका छन । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा पुरुशोत्तम प्रधानको छायाङ्कन रहेको छ ।
प्रतिक्रिया