महानगरीय प्रहरी परिसरमा सुबास गिरि, गीत चोरीको आरोपमा अनुसन्धान हुदै

- मेराेफिल्म

‘कृ’ निर्माता सुबाश गिरि पक्राउ परेका छन् । गित चोरीको आरोपमा उनलाई आवश्यक सोधपुछका लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं बोलाईएको थियो र उनलाई अहिले परिसर मै राखिएको बुझिएको छ । उनका बिरुद्ध जाहेरी दर्ता भैसकेको समेत बुझिएको छ ।

फिल्म ‘सम्झना’का निर्माता शम्भु प्रधानको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । उनले आफ्नो फिल्मको गीत ‘उकालीमा अघिअघि ओरालीमा अघि अघि… आरोपमा गत महिना उजुरी गरेका थिए । पेरिसरका एस.एस.पि बिश्व पोखरेलले दिएको जानकारी अनुसार उनलाई आवश्यक अनुसन्धानका लागि परिसर मै राखिएको छ । प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार मुद्दा अघि बढेको बड्ने उनले बताए । प्रतिलिपि अधिकार ऐनअनुसार सुबाश गिरी दोषी ठहर भए उनलाई ६ महिनासम्म कैद सजाय र मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुनसक्छ ।

२०७४ चैत १३ गते १३:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *