हिमाल सागरलाई पर्खिन गाह्रो भो

नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान र अस्तित्व स्थापित गर्न सफल गायक हुन हिमाल सागर । पछील्लो समय संगीत क्षेत्रले निकै फड्को मारिसकेको छ । नयाँ गायक गायिकाको आगमन सँगै पुराना केही पलायन भएका छन त केही निरन्तर संगीत क्षेत्रमै छन ।
संगीतलाई निरन्तर अगाडि बढाउदै फरक खालका गीत दर्सक श्रोतामाझ प्रस्तुत गरिरहेका गायक हिमाल सागरको पछील्लो समय ‘पर्खिन गाह्रो भो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा समु उप्रेतीको शब्दमा हिमाल सागरकै संगीत रहेको छ । उत्सब दाहालको छायाङ्कन र निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई युबराज वाइवाले निर्देशन गरेका हुन । भिडियोमा हिमाल सगरसँगै नायिका रिमा बिश्वकर्मा फिचर गरिएका छन ।