किन हेर्ने ‘वेलकम टु न्युयोर्क’ ?


चाकरी तोलेटीको निर्देशनमा बनेको फिल्म ‘वेलकम टु न्युयोर्क’ एक पटक हेर्न जरुरी फिल्म अन्तर्गत पर्छ । किन हेर्ने त यो फिल्म भन्ने बारे अब हामी चर्चा गर्ने छौ ।

१. चाकरी तोलेटी
चाकरी तोलेटी साउथ इन्डस्ट्रीका एक जाने माने फिल्म मेकर हुन् । ‘वेलकम टु न्युयोर्क’ उनको बलिउड डेब्यु कमेडी फिल्म हो । उनले यस भन्दा अघि ‘इनाडु’ ‘युनिआइपोल ओरुभान’ जस्ता फिल्म बनाइसकेका छन् । यसै कारण उनका दर्शकको बढी अपेक्षा छ । उनको यो पहिलो कमेडी फिल्म हो ।

२. दिलजीत दोसाझ
‘वेलकम टु न्युयोर्क’ पन्जावी एक्टर दिलजितको तेस्रो बलिउड फिल्म हो । यस अघि उनले ‘उड़ता पंजाव’ र ‘फिल्लौरी’ मा दमदार एक्टिंग गरेका थिए । कमेडी रोलमा दिलाजितलाई पहिलो पटक देखिन लागेको हो । दमदार डाईलग तथा कमिक टाइमिंगका कारण धेरै फ्यान फलोइंग रहेका उनको यस फिल्मबाट धेरै नै अपेक्षा गरिएको छ ।

३.बलिउडको रियल कमेडी
फिल्ममा बी-टाउन सेलिब्रिटीजको टांग खिचिएको छ । यसका साथै हिन्दी फिल्मको प्रतिष्ठित अवार्ड शोलाइ समेत छोडिएको छैन । यसमा ‘कुछ-कुछ होता है’ को समेत धज्जी उडाइएको छ ।

४. रितेश देशमुख-करन जौहर
दिलाजितका साथै रितेश र करनलाई समेत देखाइएको छ । फिल्ममा यी दुइको शानदार केमेस्ट्री देख्न पाइन्छ । कहानीमा पनि करन रेगुलर शो होस्ट गर्दै गरेको देख्न पाइन्छ ।

5. धेरै स्टार
फिल्ममा दिलजीत दोसाझ, सोनाक्षी सिन्हा, रितेश देशमुख, लारा दत्ता, करन जौहर, बोमन ईरानी, राणा दग्गुबाती, सुशान्त सिंह राजपूत, आदित्य रय कपूर लीड रोलमा छन् । यसका साथै दिशा पाटनी, नेहा धूपिया, प्रिटी जिन्टा, तापसी पन्नू, कृति सेनन, शाहिद कपूर, सुनील शेट्टी, टाइगर श्रफ, सलमान खान, मोहित सिन्हा तथा केटरीना केफलाई समेत देखाइएको छ ।