‘ट्युबलाइट’ का लागि सलमानले गरे ५५करोड फिर्ता

२०१७मा रिलिज भएको ‘ट्युबलाइट’ भन्दा अगाडी डाइरेक्टर कबीर खान र सलमान खानले साथमा दुइ फिल्म ‘एक था टाइगर’ र बजरंगी भाइजान’ गरेका थिए । अघिल्ला दुइ फिल्मले राम्रो कमाइ गरेता पनि ट्युबलाइट सफल हुन सकेन ।

फिल्म निर्मातालाई भारी मात्रामा घाटा बेहोर्न पर्यो ।यसैको भरपाई गर्नका निम्ति सलमानले ५५ करोड फिर्ता गरेका थिए । फिल्मले वर्ल्ड वाइड २००करोड कमाइ गरेको थियो भने इन्डियामा करिव ११० करोड थियो । फिल्ममा सलमान लक्ष्मण सिंह बिष्टको भूमिकामा थिए ।