राष्ट्रिय नाटक महोत्सव- २०७४ मा ‘चाँदीको घेरा’

विश्व रङ्गमञ्च दिवसको अवसरमा सद्भाब थिएटरले नाटक ‘चाँदीको घेरा ‘ मञ्चन गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा चैते ८ गते देखी पोखरामा सुरु भएको राष्ट्रिय नाटक महोत्सव- २०७४ मा ‘चाँदीको घेरा’ मन्चन भएको हो । राजनीतिज्ञ तथा लेखक नरेश भण्डारीको पुस्तक चाँदीको घेरालाई रङ्गकर्मी टिकाभक्त जिरेलले नाट्यरुपान्तरण तथा निर्देशन गरेका हुन् ।
नाटकमा कर्णालीको कथा, व्यथालाई कलात्मक अनि मार्मिक ढंगले प्रस्तुत गरेका छन् । सत्ताको बागडोर सम्हालेकाहरुको सोच पटक पटक बाधक बनिरहँदा कर्णाली जस्तो प्रचुर सम्भावना बोकेको प्रदेश र त्यहाँका जनताले खेप्नु परेको दु:ख र पीडा सहित सिङ्गो देशले नै समृद्धिको ढोका उघार्न नसकेकोमा सत्ता व्यवस्थाको कार्य शैलीमाथी नाटकले कलात्मक चोटिलो व्यङ्ग्य प्रहार गरेको छ । संवादमा कर्णाली कै भाषा प्रयोग गरिएको यस नाटकमा कर्णालीको जनजीवनलाई जीवन्त ढंगले प्रस्तुत गर्न निर्देशक सफल भएका छन् ।
नाटकमा राम के.ए.सी., शिवप्रसाद अधिकारी, ज्योति राई , कुमार सिम्खडा , धुवसागर थापा, अमृता खनाल, जितेन्द्र खड्का (सिमन), महाविर विश्वकर्मा, निशा पाख्रिन, मुना कार्की , रिदम श्रेष्ठ (बाल कलाकार)ले अभिनय गरेका थिए । महोत्सब चैत्र ८ गते देखी १४ सम्म चल्ने छ