निर्माता सुवास गिरी र निर्माता निर्देशक शम्भु प्रधानबीच ११ लाख रुपैंयाँ क्षतिपूर्तिमा कुरा मिल्ने पक्कापक्की

गीत चोरीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका फिल्म निर्माता सुवास गिरी र निर्माता निर्देशक शम्भु प्रधानबीच कुरा मिल्ने पक्कापक्की भएको छ ।दुवै पक्षबीच महानगरीय प्रहरी परिसर टेकुमा भएको बुधबारको छलफल पछि ११ लाख रुपैंयाँ क्षतिपूर्ति दिने मौखिक सहमति भएको छ । यो सहमतिलाई प्रहरीको निगरानीमा दुवै पक्षबीच कागजी प्रक्रिया मिलाउने काम भइरहेको छ ।


२०४० सालमा निर्माता तथा निर्देशक शम्भु प्रधानले निर्माण गरेको फिल्म ‘सम्झना’मा रहेको चर्चित गीत ‘उकालीमा पछि पछि’लाई आफ्नो अनुमति नलिई अनमोल केसी अभिनित फिल्म ‘कृ’मा समावेश गरिएपछि शम्भुले प्रहरीमा उजुरी दिएका थिए । प्रधानले लगानीको ५० प्रतिशत क्षतिपूर्ति पाउनुपर्ने भन्दै उजुरी दिएका थिए ।