आफूलाई संसारको राम्रो मान्छे ठान्छु


“पहिलो कुरा कुनै पनि मानिसले आफूलाई राम्रोसँग नचिनीकन अरुलाई चिन्न सक्दैन । त्यसैले मैले आफूलाई नै राम्रोसँग बुझेको छु । यसरी बुझ्दा आफूलाई संसारकै राम्रो मान्छे ठान्छु । मैले आफूलाई संसारकै राम्रो ठानेपछि अरुलाई पनि राम्रो देख्छुू ।
घमन्डी छैन
ह्ुन त आफ्नो राम्रो पक्ष या नराम्रो पक्ष अरुले पहिल्याउने हो । तैपनि म सबैसँग मिलनसार नै छु । मेरो कुरालाई अरुले पनि सितिमिति नकार्न सक्दैनन् । किनभने म चाहिनेभन्दा बढी कुरा गर्दिन । मैले कलाकारिता क्षेत्रमा धेरै समय बिताइसके । तैपनि म घमन्ड गर्दिन कलाकारिता मात्र होइन । अन्य कुरामा पनि घमन्ड गर्दिन ।
धार्मिक छु
मलाई धर्मकर्ममा निकै रुचि छ । त्यसैले मठमन्दिर गइरहेको हुन्छु । मन्दिरतिर जाँदा प्राय परिवारसँग जान्छु । म हिन्दु हुँ । तैपनि सबै धर्मलाई सम्मान गर्छु । सबै धर्ममा आस्था राख्छु । म मन्दिर , मस्जिद गुम्बातिर जान्छु । जहाँ जाँदा पनि आनन्द आउँछ । त्यसैले म धार्मिक छु । सबै धर्मलाई सम्मान गर्छु ।
शाकाहारी– मांसाहारी दुवै मनपर्छ
कतिपय मानिस शाकाहरी हुन्छन् ,मांसाहारी मन पराउँदैनन् । अनि कोही मानिसचाहिँ मांसाहारी– शाकाहारी दुवै हुन्छन् । मलाई दुवै मनपर्छ ।
कसैलाई घृणा गर्दिन
म सकेसम्म सबैसँग मिलेर बस्न चाहन्छु । मानिस विभिन्न प्रकृतिका हुन्छन् । कोही मानिस झुटो बोल्छन्, कोही अरुलाई फसाउन खोज्ने नियतका हुन्छन् ।म त्यस्ता मान्छेलाई सजिलै चिन्छु ।तर ,घृणा गर्दिन ।
कलाकारिताका लागि नै जन्मिएका हुँ
मैले जबदेखि आफूलाई चिन्न थाले । त्यसवेलादेखि नै आफूभित्रको कलालाई चिन्न थाले । त्यही कलालाई अहिले यो स्थानसम्म ल्याएको छ । यसैले मलाई चिनायो । बाँच्न सिकायो । अहिले पनि म यहि पेसामा संलग्न छु । जबसम्म गर्न सक्छु तबसम्म यो पेसा छाड्दिन । किनकि म कलाकारिताकै लागि जन्मिएको हुँ ।
परिवारलाई समय दिन्छु
म सकेसम्म आफ्नो परिवारलाई समय दिन्छु । घुम्नमा सौखिन मान्छे हु । तर ,पेसा पनि घुम्ने नै खालको भएकाले नयाँनयाँ ठाउँ घुमिरहेको हुन्छु । तैपनि आफ्नो परिवारसँग घुम्नु र कामविशेषले घुम्नु छुटै हुन्छ । त्यसैले कहिलेकाही परिवारका लागि पनि समय निकाल्छु ।
रिसाउन छाँडे
मलाई पहिला पहिला निकै रिस उठ्थ्यो । तर, अहिले रिसलाई निकै कम गर्छु । वास्तवमा भन्ने हो भने अहिले रिसाउनुपर्ने कुनै कारण नै छैन । रिस उठिहाल्यो भने पनि कन्टोल गर्छु । किनभने रिसाएर कुनै फाइदा हुदैन ।
साभार : गज्जव साप्ताहिक