‘कोहलपुर एक्स्प्रेस’ ट्रेलर सार्बजनिक

- मेराेफिल्म

फिल्म कोहलपुर एक्स्प्रेसको ट्रेलर सार्वजनिक भएको छ । केकी अधिकारि डेब्यु निर्माण रहेको कोहलपुर एक्स्प्रेसलाई बिशाल भण्डारीले निर्देशन् गरेका हुन ।

म्युजिक भिडियो निर्देशनमा राम्रो छबी बनाएका भण्डारीको फिल्ममा यो डेब्यु निर्देशन् हो । प्रियंका कार्की, रिचा शर्मा,केकी अधिकारि, बिनोद न्यौपाने, बुद्धी तामाङ, रबिन्द्र झा र बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ ।

फिल्म भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रशाद चौलागाईंको संयुक्त लागानिमा निर्माण भएको हो । अर्जुन तिवारीको छायाङ्कन रहेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन । फिल्ममा राजन राज सिवाकोटीको शब्द संगीत रहेको छ भने स्वर राजन राज सिवाकोटी स्वयम र मेलिना राईको रहेको छ ।

२०७४ चैत १४ गते ११:४८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *