११ लाख क्षतिपूर्ति बुझाएर छुटे ‘कृ’ निर्माता सुवास गिरी
गीत चोरीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका ‘कृ’ निर्माता सुवास गिरी र ‘सम्झना’ निर्माता/निर्देशक शम्भु प्रधानबीच कुरा मिलेपछी गिरीलाई प्रहरीले छोडेको छ । दुवै पक्षबीच महानगरीय प्रहरी परिसर टेकुमा भएको बुधबारको छलफल पछि ११ लाख रुपैंयाँ क्षतिपूर्ति दिने सहमतिमा उनलाई छोडिएको हो ।
२०४० सालमा निर्माता तथा निर्देशक शम्भु प्रधानले निर्माण गरेको फिल्म ‘सम्झना’मा रहेको चर्चित गीत ‘उकालीमा अघि अघि’लाई आफ्नो अनुमति नलिई अनमोल केसी अभिनित फिल्म ‘कृ’मा समावेश गरिएपछि शम्भुले प्रहरीमा उजुरी दिएका थिए । प्रधानले लगानीको ५० प्रतिशत क्षतिपूर्ति पाउनुपर्ने भन्दै उजुरी दिएका थिए । तर आजको सहमतिमा ११ लाख रुपैयामा दिने सहमति भएको हो । प्रहरीको रोहबरमा प्रधानलाई गिरीले ११ लाख क्षतिपूर्ति स्वरुप बुझाएका थिए । सुवासलाई छुटाउन फिल्म ‘कृ’का अर्का निर्माता भुवन केसी, निर्देशक आकाश अधिकारी, चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, कृ’ निर्देशक सुरेन्द्र पौडेल लगायत महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।
प्रतिक्रिया