सुवास गिरिको प्रस्न, ‘के यो उचित हो?’

निर्माता सुवास गिरि प्रहरी परिसर टेकुबाट नियन्त्रण मुक्त भएपछी हिजो आफुलाई अपहरण शैलीमा हिरासतमा राखी मनोमानी तरिकाले गीत चोरिएको आरोपमा क्षतिपुर्ती स्वरुप ११ लाख तिराइयो भन्दै स्टाटस पोस्ट गरेका छन् । उनले अग्रज कलाकारहरुबाट आफुले दुख भोग्नु परेकोमा दुखेसो पोख्दै  प्रश्न समेत गरेका छन् ।  उनको स्टाटस यस्तो छ :
म सुबास गिरि, नेपाली फिल्म निर्माण गर्दै आइरहेको निर्माता, मैले कहिले पनि नेपाली फिल्मसँग आवद्ध हुनुभएका अग्रज निर्माताहरु, सम्कालीन निर्माताहरु, कलाकारहरु, प्रबिधिकहरु र पत्रकार साथीहरुलाई सदैब माया र सम्मन गर्दै आइरहेको छु । तर मलाई हिजो छलफलको लागि आउनु भनेर जुन अपहरण शैलिमा हिरासतमा राखी मनोमनी तरिकाले गीत चोरिएको आरोपमा क्षतिपुर्ती स्वरुप ११ लाख तिराइयो यो घटनाले मलाई एक्दमै दुखित बनाएको छ । संगीतकारले गरेको गल्तिमा पनि छलफल गरेर समस्या समाधान गर्न तयार हुँदा हुँदै पनि अग्रज दाईहरुबाट यस्तो ब्यवहार के उचित हो ? अग्रजहरुको यस्तो ब्यवहारबाट चलचित्र क्षेत्रमा आउने नयाँ निर्माता तथा कलाकारहरुले के पाठ सिक्न्ने ? अब सबैले सोच्ने बेला आएको छ । यो घटनामा प्रतक्ष वा अप्रत्यक्ष रुपमा साथ दिनुहुने सबै प्रती आभार तथा धन्यवाद ब्यक्त गर्द्छु ।