आकाश र आश्माको ‘ड्रिम गर्ल’ असारमा

निर्देशक ऋषिराज आचार्यको नयाँ फिल्म ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।
ऋषिराजले ‘ड्रिम गर्ल’ डिसिएनले बितरण गर्ने सम्झौता भएको बताउदै प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । आकाश श्रेष्ठ, आश्मा गिरी, बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेको फिल्ममा झण्डै दुई करोड बढी लगानी लागेको बताइन्छ ।
काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्यान्डका विभिन्न स्थानमा खिचिएको फिल्मको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफै हुन । सहनिर्मातामा अर्जुन शर्मा, दक्षिण भारतको रिल एन्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन् । आरबी मुभिजको ब्यानरमा बनेको प्रेमकथानक फिल्ममा अर्जुन पोखरेलको संगीत छ । राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । केही दिनपछि फिल्मको एउटा गीत सार्वजनिक गरिने निर्देशक ऋषिराजले जानकारी दिएका छन् ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया