आई पि एल ओपनिङ्गमा रणवीर,जैकलीन ,वरुण लगायतको धमाकेदार डान्स


क्रिकेटको क्रेजलाई बढाउनको लागि आइ पि एलको ग्रान्ड प्रीमियर तयारी सुरु भैसकेको छ ।ओपेनिंग सेरेमोनीको रात बलिउडका स्टारहरुको धमाकेदार परफरमेन्सका साथ आइ पि एलको ११औ सिजन सुरुवात गरिने छ ।

ग्रान्ड प्रीमियरको दिन रणवीर सिह , वरुण धवन, परिणीति चोपडा, जैकलिन लगायतका बलिउड स्टारहरुले आफ्नो हिट नम्बर गीतमा परफर्म गर्ने बताए । ४५ मिनेटको डान्स सिक्वेलको साथमा आइ पि एल सीजन ११ को ओपनिङ्ग गरिने पनि बताए ।

आइ पि एलको ओपनिंग सेरेमोनिमा १५ मिनेट परफर्म गरेकोमा रणवीर सिहलाई ५ करोड दिने बताएका छन् ।अर्गनाइजर टिमलाई रणवीर सिहको परफरमेन्स चाहिएकोले ५ करोड दिने सल्लाह गरेको बताए ।