हल्ला गर्न पनि जान्नुपर्छ वेनिशा जी

अभिनेत्री वेनिशा हमाल दर्शकमाझ त्यस्तो नोटिस छैनन् । अभिनय कम गरेर हल्ला बढी गर्ने कलाकार फिल्म क्षेत्रमा विकेका छन् । तर, लगालग २ वटा फिल्ममा उत्कृष्ट अभिनय गर्दा पनि वेनिशाको नाम खासै नोटिसमा आएन ।

फिल्म ‘झ्यायकुटी र व्लाइन्ड रक्स’मा बेनिशाले उत्कृष्ट अभिनय गरिन् । वेनिशाका यी दुबै फिल्म व्यापारिक रुपमा उतिसाह्रो सफल भएनन् । फिल्म हेर्नेले उनको कामको प्रशंसा गरे । तर, हलमा दर्शकको घुँइचो नलाग्दा वेनिशा नोटिस नै भइनन् । यो बर्ष पनि उनको यसै खेर गयो भन्दा हुन्छ । फिल्म क्षेत्रका बोल्नेको पीठो विक्छ, नत्र त उही नै हो । सायद, वेनिशालाई हल्लाखल्ला गर्न नआएको हो कि । फिल्मको चर्चा भन्दा अष्ट्रेलियामा पुगेर उनले खिचाएको पारदर्शी तस्बिरको चर्चा बढी भयो ।
फिल्म क्षेत्र हल्लाको भरमा चल्छ वेनिशा जी । यसैले, आफ्ना लागि आफैले हल्ला पो गर्ने हो कि ?