‘शत्रु गते’को ६ दिनको कलेक्सन ५ करोड ६७ लाख

- मेराेफिल्म

गत शुक्रबार देखी प्रदर्शनमा आएको फिल्म शत्रु गतेले हिजो बुधबार सम्ममा कुल ५ करोड ६७ लाख कलेक्सन गरेको छ । ६ दिनमा फिल्मले भ्याली भित्रबाट रु. ३ करोड २५ लाख उठाएको हो भने भ्याली बाहिरबाट २ करोड ३७ लाख कलेक्सन गर्न सफल भएको छ ।

गत शुक्रबार देखी प्रदर्शनमा आएको फिल्मले वर्ड अफ माउथ राम्रो पाएका कारण दोश्रो सातामा समेत राम्रो कलेक्सन गर्ने विश्वाश निर्माण टिमले गरेको छ । दोश्रो साता यस अर्थमा पनि राम्रो गर्ने अनुमान गर्न सकिन्छ कि फिल्म रिलिज संगै सुरु बह्येको एस ई ई परिक्ष्या समेत आईतबारबाट सकिदै छ । फिल्मले एक हप्ता क्रश गरेसँगै दोश्रो हप्ताको शो सेड्युल सार्वजनिक समेत भएको छ । दोह्रो हप्तामा भ्याली बाहिर ५० हलमा लाग्ने शत्रु गते भ्याली भित्र क्युएफएक्स अन्तर्गत सिभिल मलमा ६ शो , कुमारीमा ४ शो , छाँया सेन्टरमा ४ शो , लबीम मलमा ४ शो र जय नेपालमा १ शो सहित कुल १९ शो पाएको छ । यसैगरि सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो , राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ शो , केएल टावरमा रहेको एफक्युबमा ५ शो , बिजीमलमा रहेको बिएसआर मुभिजमा ४ शो र सुन्धारा स्थित सिने डी सेफमा २ शो पाएको छ ।

२०७४ चैत १५ गते १७:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *