धुर्मुस-सुन्तली फाउण्डेशनले क्रिकेट स्टेडियम निर्माण गर्ने

सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले पुन: अर्को महत्वकाङ्छी परियोजना निर्माण घोषणा गरेका छन् । महाभुकम्प पछी देशका बिभिन्न स्थानमा बस्ती निर्माण गरेको धुर्मुस सुन्तली फाउण्डेशनले पछील्लो समय नमुना नेपाल निर्माण अभियानलाई अगाडि बढाएको थियो । त्यससँगसगैँ फाउण्डेशनले अर्को एक परियोजना घोषणा गरेको छ । सरकारी तवरबाट निर्माण गर्ने भन्दै आइएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान हालसम्म निर्माण हुन नसकेको बर्तमान अवस्ठामा धुर्मुस सुन्तली फाउण्डेशनले क्रिकेट स्टेडियम निर्माण घोषणा गरेको हो । धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो अफिसियल फेसबुक अकाउन्टमा स्टाटस पोस्ट गर्दै सो घोषणा गरेको हो । धुर्मुस सुन्तली फाउण्डेशनको पोस्ट यस्तो छ :
अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. को प्रकृयामा अघि बढिरहेको बेला चौतर्फि रुपमा बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो । हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं । नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं । सबै मिलेर निर्धारित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाललाई नै आर्थिक समृद्धी तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगीता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई महत्वपुर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्नेछ । त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं । हामी नेपालीका लागि दुबै परियोजना महत्वपुर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाँही पहिला ?

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया