‘मनाङ्गे नानी’ फस्टलुक सार्बजनिक

- मेराेफिल्म

शुभेक्षा फिल्म प्रोडक्सन प्रालिको ब्यानर निर्माण भएको फिल्म ‘मनाङ्गे नानी’को फस्टलुक पोस्टर सार्बजनिक गरिएको छ ।

फिल्ममा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुसि गुरुङ लगायतको अभिनय रहेको छ । चलचित्रको छायांकन ७० प्रतिशत भन्दा बढी मनाङमा गरिएको हो । गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया फुयाल ले संयुक्त रुपमा निर्माण गरेको यस फिल्ममा खुस बहादुर गुरुङको कथा,पटकथा, गीत, संगीत र निर्देशन रहेको छ ।

फिल्ममा श्रीकृष्ण फुयालको छायांकन, जनक गुरुङको द्वन्द रहेको छ । फिल्ममा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माताका रहेका छन् । फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउने छ ।

 

२०७४ चैत १५ गते २१:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *