‘नेप्टे’को ‘आँखा छ चिम्रो’ सार्वजनिक

- मेराेफिल्म

फिल्म ‘नेप्टे’को गीत ‘आँखा छ चिम्रो’ सार्वजनिक भएको छ । रोहित रुम्बाको शब्द तथा संगीतमा भिषण राई र दिपा लामाको स्वर रहेको गितको भिडियोमा  कलाकारहरु रोहित रुम्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ र पूर्णिमा लामा लगायत फिचर गरिएका छन ।

भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘नेप्टे’मा दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । रोहित रुम्बाको निर्माण रहेको ‘नेप्टे’मा हरी घले लामाको छायाङ्कन, किरण माइकलको पटकथा एवम संवाद रहेको छ भने फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन । फिल्म चैत ३० गतेबाट प्रदर्शनमा आउँदै छ । लाई हरी घले लामाले खिचेका हुन् ।

२०७४ चैत १५ गते २१:५६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *