एक भिलेन टिम तयार, श्रद्दा छैनन् ?


सिद्धार्थ मल्होत्रा आफ्नो फिल्म ‘एक भिलेन’की हिरोइन श्रद्दाका साथ फेरी पनि एउटा फिल्म गर्ने भन्ने खबर बाहिरिएको थियो । हालै थाहा भएको छ कि ‘एक भिलेन’ टिमकै साथ उनी अर्को फिल्म गर्ने वाला छन् ।

सिद्धार्थ निर्माता एकता कपूर तथा निर्देशक मोहित सुरीसंग मिलेर फिल्म गर्दै छन् । उक्त फिल्मका लागि हिरोइन फाईनल भैसकेको छैन । अरु जो कोहि भए पनि श्रद्दा चै यसमा नहुने पक्का भएको छ ।