छैटौँ कायरा रनवेमा को को छन् ?

हरेक बर्ष आयोजना हुँदै आएको कायरा रनवे यस बर्ष पनि आयोजना हुने भएको छ । नयाँ बर्षको अवसर पारेर होटल र्याडिसनमा आयोजना हुने कायरा रनवेको यो छैटौँ संकरण हो ।

चैत्र ३० गते सम्पन्न हुने यस रनवेमा नेपालका चर्चित हस्तीहरु राज भाइ सुवाल, दिपाश्री निरौला, प्रशान्त ताम्राकार, रुवी राणा लगायत देखिनेछन् । कलाकारहरुको साथमा अन्य १५ जना मोडलहरु रनवेमा उत्रिने आयोजक कायरा बुटिककी सन्चालिका रोजिना श्रेष्ठले जानकारी दिइन । इभेन्ट बेटर ग्यालेक्सीको प्रस्तुति रहेको कायरा रनवेको यो छैटौँ संकरणको म्यानेजमेन्ट ट्रिउम्प इभेन्ट नेपालले गर्दै छ ।