बागी २ को बक्स अफिस ओपनिंग

टाइगर श्रफ अभिनित फिल्म ‘बागी २’ को प्रदर्शन मार्च ३० मा भएको छ । ट्रेलर सार्बजनिक भएदेखि नै फिल्मको प्रदर्शनलाई लिएर उत्सुकता बढिरहेको थियो । यही उत्सुकता अहिले सम्मै कायम रहेको छ र फिल्मले बक्स अफिसमा धमाका मचाईरहेको छ । बागी २ लाई भारतमा ३५०० स्क्रीन्समा रिलीज गरिएको छ । पहिलो चोटि टाईगर श्रफको फिल्मलाई यति धेरै स्क्रीन्स मिलेको हो । भारतसँगै अन्य ४५ देशमा पनि बागी २ रिलीज भएको छ । जम्मा भारत र अन्य देश गरी ४१२५ स्क्रीन्समा फिल्म प्रदर्शन भएको छ । फिल्मको एड्भान्स बुकिङ राम्रो भएको र फिल्मको ओपनिंग पनि गज्जबको रहेको बताए ।फिल्मले मल्टिप्लेक्ससँगै सिंगल स्क्रीनमा पनि राम्रो ओपनिङ गरेको छ । पहिलो दिनको कमाई १२ कारोडको आसपासमा भएको छ । बागी २ निर्माण र प्रचारप्रसार गर्न जम्मा ७५ करोडको लगानी भएको थियो । विभिन्न राइट्स बेचेर ३५ करोड फिल्म रिलीज हुनु अगि नै बटुलिसकेको यस फिल्म नाफामा जानलाई ८० करोडको हराहरीमा कमाउनुपर्ने छ । जुन तरिकाले फिल्मलाई लिएर क्रेज छ त्यो अनुसार फिल्मले सजिलैसँग नाफामा जाने अनुमान गर्न सकिन्छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया