बलिउडका कलाकारसँग ओलीको डिनर !

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फिल्म क्षेत्रको उन्नतिका लागि पनि प्रयासरत भएको बताउँदै चाँडै हुने भारतमा भ्रमणमा बलिउडका कलाकारसँग डिनरको कार्यक्रम तय गरेको बताएका छन् । कलाकार संघले आर्मी अफिसर्स क्लबमा शुक्रबार आयोजना गरेको दोस्रो फान अवार्डमा यस्तो घोषणा गरेका हुन् । २३ गते भारत भ्रमणमा जान लागेका ओलीले २४ गते बलिउडका कलाकारसँग भेट्ने कार्यक्रम तय गरेको बताए ।
‘२३ गते म भारत जाँदैछु र २४ गते बलिउडका कलाकारसँग भेटघाटको कार्यक्रम तय भइसकेको छ । उहाँहरुलाई नेपालका बारेमा त्यति धेरै थाहा छैन कि जस्तो लागिराछ । क्यामरा जति राम्रो भए पनि ब्याकग्राउन्ड राम्रो भएन भने के खिच्नु हुन्छ । त्यसकारण पहिलो पल्ट होला सायद नेपालको सिने क्षेत्रबाट यो चोटिको भ्रमण टोलीमा नेपालबाट स्थापित कलाकारको पनि सहभागिता रहनेछ । ’ ओलीले भने । ओलीले नेपाल नाटक र संस्कृतिको केन्द्र रहेको बताउँदै प्रकृतिले अंकमाल गरेको कला मात्र सच्चा कला हुने बताए । ‘नेपाल वास्तवमा फिल्म सुटिंगका लागि पनि हब हुन सक्छ । प्रकृतिको सुन्दर काखमा मात्र सिर्जना हुन सक्छ र त्यो काख भनेको नेपाल हो ।’ भारत भ्रमणबाट फर्किने बित्तिकै बलिउडका अगुवा कलाकारसँग नेपालमा अन्तक्र्रिया कार्यक्रम गर्दैछु । दुवै उद्योग कसरी अगाडि बढ्न सक्छन् भनेर । अहिले मिति तय भएको छैन तर जानकार हुनुभए हुन्छ ?
उनले मह जोडीको प्रशंसा गर्दै दुवैका सिर्जनामा मनोरञ्जन मात्र हैन शिक्षा पनि हुने बताए । ओलीको तर्क थियो,‘ त्यसैले यो क्षेत्रले मनोरञ्जन मात्र दिन्छ भनेर हेर्नु हुन्न ।’ उनले कथाले मागे अनुसार हैन देशले मागे अनुसार फिल्म बनाउन पनि फिल्मकर्मीलाई आग्रह गरे ।
उनले साधन स्रोतको कमी रहे पनि सुन्दरताका हिसाबले नेपाली बराबर कोही नभएको पनि बताए ।
‘दुनियाँका कुन शास्त्रमा मेनका उर्वसीको चर्चा छ ? कृष्णको कुरा गरौं, गोपीनीहरु कसरी विवाह गर्न मरिहत्ते गर्थे ? यही ठाउँका मान्छे हुन् । रामसँग, लंकादेखि आएर रावणकी बहिनी विवाह गर्न भनेर हुरुक्कै । यो त ह्यान्डसमहरुको देश हो । ब्युटीफुलको देश हो ।’

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया