ट्रेन्डिङमा ट्वान्टी फस्ट लभ, तेश्रो भाग सार्बजनिक


चर्चित नृत्य समूह कार्टुन्ज क्रिउका सरोज अधिकारी र आस्मा विश्वकर्माकाे मुख्य भूमिका रहेको वेभ सिरिज ‘ट्वान्टी फस्ट लभ’ प्रसारणको छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । सिरिज अहिले नेपाल ट्रेन्डिङमा परेको छ । दोश्रो भाग ट्रेन्डिङमा हुँदा हुँदै सिरिजको तेश्रो भाग सार्वजनिक भैसकेको छ ।  सरिन पोखरेलको कथा तथा निर्देशन रहेको  ट्वान्टी फस्ट लभमा सरोज र आश्मासँगै अनुष्का अधिकारी, संयोग गिरी, विजय अधिकारी, निशान्त सुवेदी, दृशी श्रेष्ठ,पवन शाक्य, अञ्जन शर्मा, राधा श्रेष्ठ, खगेन श्रेष्ठ, कमल अधिकारी र रश्मि भट्टको अभिनय रहेको छ ।

एसियन म्युजिक प्रा.लीबाट निर्मित यो सिरिजमा मिलन शङ्कर र ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको छ । सिरिज हरेक बिहिबार साझ ७:३० देखि ८  बजे सम्म कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ भने शुक्रबार यूट्युबमा रिलिज हुने छ ।