प्रनिस खड्का तथा पलिष्था महर्जन बने प्रिन्स एण्ड प्रिन्सेस-२०१८

इभेन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको १५ औं संस्करणको प्रिन्स एण्ड प्रिन्सेस-२०१८ तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेस-२०१८ को अन्तिम प्रतियोगिता सम्पन्न भएको छ । प्रिन्स एण्ड प्रिन्सेसतर्फ ३४ जना बालबालिका तथा लिटिल प्रिन्स एण्ड प्रिन्सेसतर्फ ५४ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिस खड्का तथा प्रिन्सेसको उपाधि पलिष्था महर्जनले जितेका छन् ।

प्रतियोगितामा सोहन बुढाथोकी तथा श्रृंगा श्रेष्ठले फस्ट रनर्स अप तथा आयुष तण्डुकार र तेजुसी तण्डुकारले सेकेण्ड रनर्स अपको उपाधि जिते । आयुष्मान बस्नेत तथा गृष्मा उप्रेतीले थर्ड रनर्स अप भए। लिटिल प्रिन्सतर्फको उपाधि भने यूनिक पराजुली तथा लिटिल प्रिन्सेसको उपाधि क्रिस्टिना खड्काले जितेका छन्  लिटिलतर्फ फस्ट रनर्स अपको उपाधि आर्यन मित्तल तथा सोहन पाठकले जिते भने सेकेण्ड रनर्स अपको उपाधि तेजुसी श्रेष्ठ तथा रिजन केसीले जिते। थर्ड रनर्सको उपाधि जेनिस शाही तथा वैभवी शाहको हातमा पर्यो । विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताका आयोजक धिरज तण्डुकारका अनुसार विजेताहरु विदेशमा आयोजना हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताको निर्णायकमा कला सुब्बा, निर्णय श्रेष्ठ, गोविन्द राई, दिक्पाल कार्की, रुस्का बैद्य, अमर तण्डुकार, उदय सोताङ, प्राश्ना शाक्य, मरिष्का पोखरेल आदि थिए ।