‘गाजाबाजा’ युवाहरुको गाँजा हन्टिङको कथा हो : निर्देशक पाण्डे

नामकै कारण निर्माण घोषणा देखी नै विवादमा फसेको फिल्म ‘गाजा बाजा’ को चर्चा ट्रेलर रिलिज पछि अझ चुलिएको छ । ट्रेलरमा समावेश डाइलगका कारण सेन्सरका समयमा पुन बिवाद उत्पन्न हुने त है भन्ने प्रश्न पनि उत्पन्न भएको छ ।

‘गाजाबाजा भुकम्प पश्चातको समयमा युवाहरुको गाँजा हनटिङ्गको कथा हो’ पोखरामा फिल्मका निर्देशक गणेश देव पाण्डेले भने ‘फिल्म गाँजाको नशाको लागी जे पनि गर्नेहरुको एक दिनको कथा हो ।’ निर्देशक पाण्डेको पहिलो फिल्म ’मन्जरी’ नेपाली दर्शक धेरैले मन पराए । मञ्जरी तामील फिल्म ‘काधला’ को नेपाली रिमेक हो । निर्देशक पाण्डेले ‘गाजा बाजा’ कुनै पनि फिल्मको रिमेक वा एडप्टेड नभएकोे दाबि गरे । फिल्ममा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतको अभिनय रहेको छ । याकोपो रास्लिकले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्माता हुन् ।‘टुका इन्टरटेन्टमेन्ट’ र ‘डिआर फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्म फागुन २५ गते देखि प्रदर्शन हुदैछ ।