‘हिरोज’मा मुकेशसँग करिष्माको रोमान्स

सदाबहार सुन्दरी करिष्मा मानन्धरको मुख्य भूमिका रहेको फिल्म हिरोजको ट्रेलर सार्वजनिक भएको छ । सुटिङ सकिएर पनि विविध कारणले रिलिज हुन नसकेको फिल्मले आइतबार दरबारमार्गस्थित एक हलमा औपचारिक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरसँगै निर्माण टिमले फिल्मका ४ गीत पनि सार्बजानिक गरिएको थियो । फिल्मलाई पूर्णिमा लामाले निर्माण गरेकी हुन् । पूर्णिमाले हिरोजलाई आफूले अभिनय गरेको पहिलो फिल्म बताउँदै आपूले सक्दो प्रयास गरेको बताइन् र आफ्नो प्रयासलाई जनतासामु पुर्याइदिन हार्दिक अनुरोधसमेत गरिन् । फिल्ममा जय किसन बस्नेत,करिस्मा मानन्धर ,पूूर्णिमा लामा , मुकेस ढकाल, सन्जोग राना ,सहिन प्रजापति, दिनेश डिसी लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । करिष्माले आफूले आजकाल त्यति फिल्महरु नगरेको तर हिरोजको कथावस्तु
राम्रो भएकोले अभिनयका लागि राजी भएको बताइन् । उनले फिल्म महिला बेचबिखनमा आधारित रहेको पनि बताइन । फिल्मको पटकथा सन्जोग रानाले लेखेका हुन् भने निर्देशन एन बी महर्जनको रहेको छ । फिल्म चैत २३ गतेबाट अल नेपाल रिलिज हुुने निर्माण पक्षले जनाएको छ ।