‘लिलीबिली’ ट्रेलर सार्बजानिक

फिल्म लिलीबिलीको ट्रेलर सार्बजनिक गरिएको छ ।

 

मल्टी स्टारर यस फिल्ममा प्रदिप खड्का, जसिता गुरुङ्ख, प्रियङ्का कार्की, अनुप बिक्रम शाहि, सविन श्रेष्ठ, रेबिका गुरुङ, मनिसा श्रेष्ठ, धुर्ब दत्त लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन, च्याम्स इन्टरटेन्मेन्ट लगायतका व्यानरले यस फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । ट्रेलर सार्बजनिक कार्यक्रममा बोल्दै निर्देशक मिलन च्याम्पस्ले आफूले फिल्म राम्रो बनाएको र निरन्तर नेपाली चलचित्र मार्फत नेपाली कला संस्कृतिलाई विश्वसामु पुुर्याउने धोको रहेको बताए ।

यसै फिल्मबाट डेब्यू गरेकी नायिका जसिता गरुङ्खले प्रदिपसँग स्क्रिन सेयर गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताईन् ।

फिल्मलाइ सुदिप खड्का र गोविन्द शाहिले निर्माण गरेका हुन् । चन्द्र पन्तको द्वन्द रहेको चलचित्रमा सुदिप बरालको छायाङ्कन रहेको छ भने सम्पादन अर्जुन जि सि ले गरेका हुन । फिल्मको ९० प्रतिशत छायाङ्कन स्कटल्यान्डमा र यू.के मा भएको हो । फिल्म चैत ३० गतेबाट अल नेपाल रिलीज हुँदै छ ।