‘ब्ल्याक’ गीत सार्बजनिक

- मेराेफिल्म

फिल्म ब्ल्याकको ‘चंगा जस्तै चैट यो मन’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रतिक पौडेलको स्वर छ भने शब्द संगीत संयोजनको काम पनि प्रतिकले नै गरेका छन् । युवा गायक संगीतकार प्रतिकको आवाज बोल्ने उक्त गीत मुख्यतः युवा पुस्ता लक्षित छ ।

अभिनेत्री आँचल शर्मालाई पहिलो गीतमा फिचर गरिएको छैन् । अभिनेता आकाशले फिल्मको कथाले मन छोएको कारण नै आफु आवद्ध भएको भन्दै रिलिजपछि मेहनतको फल प्राप्त हुने विश्वास पोखे । करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा फिल्म बनाएको बताए । निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन् ।

फिल्मको कथा मौनता श्रेष्ठले लेखेका छन् । रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा लिड अभिनयमा छन् । फिल्मलाई राजधानीमा गोविन्द शाही तथा मोफसलमा उज्जल पौडल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । फिल्म जेठ ११ गतेबाट रिलीज हुने भएको छ ।

 

२०७४ फागुन २४ गते १२:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *