‘गाजा बाजा’लाई पत्रकारको तारिफ

शुकबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘गाजा बाजा’लाई प्रेस शोमा रुचाईएको छ । शनिबार सम्पन्न शोमा सिनेमा हेरेका पत्रकारले तारिफ गर्दै हलबाट निक्लिए । अधिकाङ्श सिनेमाको प्रस्तुति र कलाकारको अभिनयलाई रुचाए ।
नेपाली सिनेमा हेर्न हलसम्म नपुग्ने एक युवा जमातका ‘गाजा बाजा’ले होल्डओभर गर्न सक्ने केहि पत्रकारले प्रतिक्रिया दिए । सुशील सिटौला र अनुपम शर्माको मुख्य भूमिका रहेको सिनेमाले गाँजा हन्टिङको एक दिनको कथा भन्छ । गणेशदेव पाण्डे निर्देशित सिनेमामा सुशील र अनुपमका अलावा वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ । सिनेमामा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया