‘भैरे’मा बुद्धि र बर्षाको रोमान्स

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित फिल्म भैरेको ‘सान्नानिलाई भेट्न आउदा’ बोलको गीत सार्बजनिक गरिएको छ । गीतलाई एभरेष्ट सुर्य बोहोरा र बसन्त सापकोटाले लेखेका हुन भने संगित बसन्त सापकोटाको रहेको छ । गीतमा बसन्त सापकोटा, यम बराल र मेलीना राईको स्वर रहेको छ ।

बर्ष सिवाकोटी, बुद्धी तामाङ, बिक्रान्त बस्नेत लगायतका कलकारहरु फिचर गरिएको उक्त भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन, बनिश शाहको सम्पादन, सुर्य थोकरको द्वन्द रहेको छ भने सह-निर्माताका रुपमा करुणाकर घिमिरे, सबिता गुरुङ र कुमार बश्नेत रहेका छन । एभरेस्ट सुर्य बोहोराको लेखन तथा निर्देशन्न रहेको फिल्ममा दयाहाङ्ग राई, सुरक्षा पन्त, विक्रान्त बस्नेत , बुद्घि तामाङ्ग, बर्षा सिवाकोटी, सुनिल थापा, जान्वी वोहोरा , जयनन्द लामा, सुरविर पन्डीत, सविता गुरुङ्ग लगायतका कलकारहरुको अभिनय रहेको छ । फिल्मलाई प्रेम प्रसाद पौडेल र देवी माया अधिकारिले संयुक्त रुपमा निर्माण गरेका हुन ।