‘राज्जारानी’ मैथिली भर्सन गाउँगाउँमा

नेपालमा सम्भवत पहिलो पल्ट घुम्ती सिनेमा फिचर फिल्म प्रदर्शन गर्न लागिएको छ । प्रदेश नम्बर २ र १ को मोरङ्ग देखी पर्सा सम्मका १० जिल्लाहरुका गाउँगाउँमा घुम्ती सिनेमा संचालन गरिन लागिएको हो । फागुन २६ देखी सप्तरी जिल्लाको तिरहुत गाउँपालिका ५ को लोहजरा गाउँबाट राज्जा रानी मैथिली भर्सनको फिचर फिल्ममार्फत घुम्ती सिनेमा अभियानको सामाजिक बिकास मन्त्री किशोर शाहको विषेश आतिथ्यमा उक्त घुम्ती सिनेमाको शुभारम्भ गरिदै छ ।

घुम्ती सिनेमाको उद्देश्य
१. सामाजिक,सांस्कृतिक ,आर्थिक तथा राजनीतिक विषयवस्तुमा बनेको फिचर फिल्मलाई सुगम देखी दुर्गममा बसेका तथा सम्पन्न देखी विपन्सम्मको पहुँचमा पुर्याउन
२. सिनेमाहलको पहुँचबाट टाढा रहेकाहरुलाई सिनेमा देखाइ मनोरञ्जनमार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणको अभियानमा योगदान गर्न ।
३. नेपाली सिनेमाको बजार बिस्ताारमा मद्धत गर्न
४. मैथिली सिनेमाप्रति आम जन समुदायको चासो र भोक जगाउन जसले भोलीको दिनमा गुणस्तरीय मैथिली सिनेमा निर्माण गर्न र सफल व्यापार गर्न मद्धत गर्ने ।
५. राज्जा रानी मैथिली सिनेमाको घुम्ती सिनेमा मार्फत गाउँगाउँमा महिला पुरुषविचको दाइजो तथा महिला हिंसा बिरुद्धको अभियानमा व्यापक जनचेतना फैलाउन ।

घुम्ती सिनेमा संचालन कसरी हुन्छ ?
– प्रदेश नम्बर २ र १ का मोरङ्ग देखी पर्सा सम्मको १० जिल्लाहरुका गाउँगाउँमा घुम्ती सिनेमा संचालन गरिने छ ।
– प्रत्येक जिल्लाका ६ देखी ८ स्थानलाई केन्द्र बनाई घुम्ती सिनेमा संचालन गरिन छ ।
– हरेक एक स्थानमा ३ देखी ५ शो सिनेमा पर्दशन गरिने छ ।
– प्रत्येक शो ३०० देखी ४०० दर्शकलाई व्यवस्थित ढंगले सिनेमा देखाइने छ ।
– सिनेमाको टिकट दर रु ५० मात्र रखिएको छ ।
– घुम्ती सिनेमा प्रदर्शनमा १० फिट र ८ फिटको प्रोजेक्टरको पर्दा र ४००० लुमेन्स फुल एचडी प्रोजेक्टर र दुई भलुमको साउन्ड सिस्टमको प्रयोग गरी गाउँ स्तरको घुम्तीमा सजिलो हुने गरी उच्चतम गुणस्तरमा सिनेमा प्रदर्शन गरिने छ ।

– घुम्ती सिनेमा प्रदर्शन हुने जिल्ला १० वटा –(मोरङ्घ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा )
– घुम्ती सिनेमा प्रदर्शन स्थान : ६०
– सिनेमा प्रदर्शन शो संख्या : ३००
– कुल अनुमानीत दर्शक संख्या : १२०,०००

दाइजो पिडितको सत्य घटनामा आधारीत भएर निर्माण गरिएको गुणस्तरीय,मनोरन्जनात्मक र सन्देशमुलक सिनेमा ‘राज्जा रानी’ नेपालको इतिहासमै पहिलो पल्ट दुई भाषा (नेपाली र मैथली) मा निर्माण गरिएको हो । समाज परिवर्तनमा फिल्म महत्वपूर्ण माध्यम रहेको तथ्यलाई मध्यनजर गर्दै भोर कम्पनीले उक्त सिनेमालाई मैथिली भाषामा पनि तयार गर्ने निर्णय गरेको थियो ।
फिल्ममा नायक नाजीर हुसेन राज्जा र नायिका केकी अधिकारी रानीको भुमिकामा प्रस्तुत भएका छन् । आर्यन फिल्म प्रोडक्सन् र भोर कम्पनी प्रा.ली को ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन बांके जिल्लामा गरिएको हो । सत्य घटनामा आधारीत दाइजो र महिला माथि हुने हिंसालाई प्रमुख कथा बनाएर निर्माण गरिएको राज्जा रानीलाई रमेश एम.के पौडेल र राजकुमार महतोले निर्माण गरेको हुन् । यस सिनेमाको मैथली भर्सनको निर्माण पक्ष भोर कम्पनी प्रा.लीले राज्जा रानी मैथिली सिनेमाको पुरै मुनाफा नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धी गर्न अभियानमा खर्च गरिने निर्णय गरीसकेको छ । यस सिनेमाबाट आउने पुरै मुनाफा तपसिल बमोजिमका अभियानहरुमा मितव्ययी तथा पारदर्शी तवरले प्रयोग गरिने छ :

– बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभिनय, नेपाल
– मोरङ्ग देखि पर्सा सम्मका १० जिल्लाका अति विपन्न परिवारका बालिकाहरुको शिक्षामा सहयोग पुर्याउने
– बीरगंज देखि विराटनगर सम्मका कोरीडोरलाई मिथिला पर्यटन प्याकेज तयार, प्रवर्धन र सुदृढीकरण
– यस कार्य भौतिक तथा आर्थिक विस्तृत प्रगती भोरको कार्यालय, सामाजिक संजाल तथा बेबसाइटमा नियमित रुपमा सर्वसाधारण र सरोकारवालाहरुको लागि उपलब्ध गराइने छ ।