श्रीदेवीको निर्माण रोकिएको फिल्म सिद्द्त पुन छायाङ्कन हुने

बलिउड अभिनेत्री श्रीदेवीको निर्माण रोकिएको फिल्म सिद्द्त अब पुन छायाङ्कन हुने भएको छ । श्रीदेवीको निधन पछी उनको ठाउँमा अभिनेत्री मधुरी दिक्षितलाई राखेर छायाङ्कन गर्न लागिएको यसका निर्माता करण जोहरले बताएका छन ।

श्रीदेवीको निधनपछी बिभिन्न काज किरियालगायत पहिलो मासिक सकिएपछी सिद्द्तको सुटिङ सुरु गर्ने करणले बताएका छन । यस फिल्मको अरु कलाकारमा बरुण धावन, आलिया भाट, सोनाक्षी सिन्हा, आदित्य राय कपुर, संजय दत्त लगायत छन ।