मिडियाले लेखेको भएन – सम्राज्ञी

चलचित्र ‘तिमिसँग’को ट्रेलर सार्बजनिक कार्यक्रम तिमिसँग भन्दा पनि बडी केन्द्रित साम्राज्ञीको केहि समय अघि सामाजिक संजालमा भाईरल भएको फोटोमा केन्द्रित रहयो ।

आधा बक्षस्थल  देखिने गरि लिइएको उक्त तस्बिर ट्याटु आर्टिस्टले सामाजिक संजालमा सार्बजनिक गरिदिएपछी तनाबमा रहेकी शाहले त्यो बिषयमा स्पटोक्ति नदिई सुख पाईनन । जब पत्रकारले यो बिषय उठाए, उनको जवाफ थियो ‘ मिडियाले बुझ्दै नबुझी समाचार लेख्यो । त्यो फोटो लिक हुनुमा मेरो केहि दोष छैन । ट्याटु आर्टिस्टले माफि मागेपछी बल्ल तपाईंइहरुले कुरा बुझ्नु भयो । तर जब पत्रकारले फोटो खिच्ने पोजमा त तपाईं आँफै पनि कम्फर्टेबल देखिनुहुन्छ नी भनेर प्रतिप्रश्न गरे, साम्राज्ञीले झर्किदै तफिल्म  बाहेक अरु बिषयमा कुरा नगर्ने भन्दै माईक पन्छाईन ।

कार्यक्रममा तिमीसँगका अर्का नायक नाजिर हुसेन पनि मिडियाले दुईतर्फी कुरा सुनेर मात्र समाचार लेख्नु पर्नेमा जोड दिदै थिए । ए मेरो हजुर २ सँगको विवादका बिषयमा पत्रकारले सोधेको प्रश्नमा जवाफ दिदै उनले भने ‘तपाईहरुले सुनेको हल्ला साँचो हो या होईन त्यसलाई प्रमाणित गर्न सम्बन्धित मान्छे अगाडि लिएर आउनुहोस् म फेस टु फेस सवाल जवाफ गर्न तयार छु ।’


यसअघी भदौ २ मा प्रदर्शन मिती तय गरेको ‘तिमीसँग’ यही फागुन २३ गतेदेखी अल नेपाल रिलिज हुँदै छ । चलचित्रमा साम्राज्ञी र नाजिर का अलावा आकाश श्रेष्ठको पनि मुख्य अभिनय रहेको छ। ट्राभल स्टोरी रहेको यस चलचित्रलाई शिशिर राणाको निर्देशन रहेको छ ।