‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर/संगीत रहेको गीतको यो लिरिकल भिडियो मात्र हो ।

लिरिकल भिडियोमा गीतका शब्द प्रष्ट बुझ्न सकिन्छ । भने, सिनेमामा समावेश केहि रोचक तस्विरहरु पनि देखाइएको छ । गीतको एनिमेड भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् ।

बैशाख १४ देखि अलनेपाल चल्ने सिनेमामा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ । ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।