मालामाल प्रिया

केही साता पहिले सामाजिक सन्जालमा भाइरल भएर सबैको क्रस बनेकी दक्षिण भारतीय नवअभिनेत्री प्रिया प्रकाश वरियरको भाग्य चम्किने भएको छ । आँखा झिम्काएरै इन्टरनेट सेन्ससन भएकी उनलाई हिजोआज व्यावसायिक कम्पनीहरुले आफ्नो वस्तु प्रचारका लागि लगानी गर्न थालिसकेको छन् । यही समयमा अर्काे रोचक खबर बाहिरिएको छ ।

रोहित सेट्ठीको आगामी फिल्म ‘सिम्बा’मा उनी अभिनेता रणवीर सिंहसँग अनस्क्रिन रोमान्स गर्ने कुरा बाहिरीएको हो । करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बन्ने उक्त फिल्ममा करण जोहरले प्रियालाई लिन चाहेको सबरहरुमा उल्लेख छ । छिटै ‘सिम्बा’ जुनियर एनटिआर अभिनित फिल्म टेम्पर को आधिकारिक बलिउड रिमेक हुनेछ । फिल्मको प्रदर्शन मिती आगामी डिसेम्बर २८ तारिख हुने तय गरिएको छ ।

साभार : शुक्रबार साप्ताहिक