शरीर सुम्पिन तयार हुनुपर्छ – एन्जिला रेग्मी

- मेराेफिल्म

कोहीकोही संगीतकार यति खराब छन् कि सम्झँदा पनि बिरक्त लागछ । उनीहरुलाई स्वर मात्रै दिएर पुग्दैन ,पूरै शरीर सुम्पिन तयार हुनुपर्छ ।धेरै गायिकाको कथा सुनेको छु, आफैले पनि १,२ जना संगीतकारको खराब नियतलाई झेलेकी छु । दुई वर्ष अघिको कुरा हो । म त्यतिबेला ११ कक्षामा पढ्थे ।भर्खर काठमाडौँमा आएकी थिए ।एकजना नाम चलेको सँगीतकार फेसबुकमा फ्रेन्ड हुनुभयो म्यासेज गर्न थाल्नुभयो अग्रज व्यक्तिले मलाई म्यासेज गर्नुभयो भन्दै म खुशीले गद्गद् भएँ । उहाँले म्यासेज पठाउँदा म नमस्ते सन्जै हुनुहुन्छ भन्दै कुराकानी गर्थे । एकदिन उहाँले नम्बर माग्नुभयो, मैले दिएँ । त्यसछि भाइबरमा म्यासेज गर्न थाल्नुभयो । भेट्नुपर्छ, काम गर्नुपर्छ भन्नुभयो । म १७ वर्षकी केटी, उहाँ मेरो बाउ समान उमेरको मान्छे । नेगेटिभ कुरा मेरो दिमागमा आउने कुरै थिएन । पोजेटिभ्ली नै लिएँ ।

पुतलीसडक (काठमाडौँ) सेयर मार्केट नजिकै मेरो अफिस छ, त्यहाँ आउ न त भन्नुभयो । त्यो बेला म सतुंगल बस्थे । बिहान कलेज थियो ।कलेजबाट सतुंगल पुगेर फेरी यता कामतिर ध्याउन गाह्रो हुन्थ्यो । त्यसैले प्राय रेकर्डिङको काम पर्यो भने कलेज ड्रेसमै पुग्थे । कलेजपछि म्युजिक क्लासमा जान्थे । एक दिन म्युजिक क्लासकै दिदीलाई सेयर मार्केट ठाउँ कहाँ हो, संगीतकारलाई भेट्नुपर्ने छ भनेर सोधे । उहाँले बताइनिुभयो । त्यहाँ पुगेर संगीतकारलाई फोन गरे । बाहिरसम्मै लिन आउनुभयो । अफिस एकदमै भित्रपटि थियो । ठाउँ पनि डरलाग्दो, अध्यारो कोठाभित्र खासै केही थिएन । सरस्वती माताको पोस्टर देखे, खुसी लाग्यो । उहाँ हार्माेनियमसँगै बस्नुभयो,  गीत सुनाउनुभयो । मलाई गाउन भन्नुभयो त्यतिबेलासम्म ठिकै लागिरेको थियो । एकछिन पछि हात समातेर आफूतिर तान्नुभयो अनि काखमा बस्न भन्नुभयो म त ट्वाँ परे ।बाउ समान मान्छेको नियत मैले बुझिहाले । त्यतिबेला मोबाइलमा फोन आयो । फोनको बाहानामा राम्रै तरिकाले दाइ अहिले म जानुपर्यो भोलि आउँछु भनेर बाहिर निस्किहाले । भोलिपल्ट म गइन । त्यसपछि दिनहुँ उहाँले मलाई फलो गर्न थाल्नुभयो । म सधैँ टार्थेँ । सुरुमा नर्मल म्यासेज गर्दा मैले वास्ता गर्न छाडेपछि उहाँले सिधै हिट हुने गीत छ, म तिमीलाई दिन्छु अफिस आउ भनेर बोलाउन थाल्नुभयो । यो कुरा मैले ड्याडीलाई पनि सुनाए, संगीतकारको नामसहित ।

यहाँनेर अवसर पाउनलाई कसै न कसैलाई खुशी बनाउनुपर्छ भन्ने महसुुुस भएपछि म संगीत क्षेत्र नै त्यागेर अस्ट्रेलिया जाने सोचमा पुगे । प्लस टु दिएपछि आइएलटिएस दिएर अस्ट्रेलिया जाने निर्णयमा पुगेकी थिएँ । ड्याडीले मान्नुभएन । कसैले गीत दिएको गाउनुपर्दैन, वर्षमा एउटा गीत रेकर्डिङ्ग गर्ने खर्च मेरो भयो ड्याडीले मलाई सम्झाउनुभयो यहीँ बस । तिम्रो भविष्य यही छ । ती संगीतकारसँग पनि स्टुडियोतिर भेट हुन्थ्यो ।हुँदाखेरी अफिस किन नआको? भनेर सोधिहाल्थे, म टारिदिन्थे । एक दिन पुतलीसडकको चिया पसलमा बसिरहेको बेला ती संगीतकार बाइकमा आइपुगे बाइक रोकेर ठूलो हुने तिमी ? अफिस बोलाउँदा नआउने ? तिमीसँग म काम गर्दिन, गीत पनि दिन्न भने । उहाँले त्यो डाइलग हान्दा म मक्ख अहो, कामै गर्नु परेन । अहिले उहाँले पहिले जसरी फलो गर्नुहुन्न तर आक्कलझुकल स्टुडियोतिर भेट भइहाल्यो भने काम गर्नुपर्छ है भन्न छाड्नुभएको छैन । सायद उहाँले बाइक रोकेर गीत दिन्न भनेको कुरा बिर्सनुभयो । यहाँ केही केही कलाकार पनि खराब भए । उनीहरु सम्झैता गर्न तयार हुँदा पनि यस्तो प्रवृत्ति हावी भएको हो जस्तो लाग्छ ।हामी सबैले दुव्र्यबहारको खुलेर प्रतिकार गर्ने,आवाज उठाउने हो भने संगीतकारले छुन त के गलत नजरले पनि हेर्न सक्दैनन् ।

२०७४ चैत १ गते १३:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *