अस्वीकारमा किर्तिमान

नायक बिपिन कार्की आफुले छनौट गरेर मात्र चलचित्रमा अभिनय गर्ने गरेको बताउछन । पोखराको आफ्नो पछिल्लो भ्रमणका क्रममा आफुले लगभग १ सय ५० चलचित्र खेल्न अस्वीकार गरेको दाबि गरेका छन् ।

आफुले गर्नसक्ने जति अभिनय नगरेको  बताउने कार्कीले चलचित्र लालपुर्जामा आफ्नो ५० प्रतिशत क्षमता मात्र देखाउन सकेको कुरा बताए । म यो  काम गर्ने  नगर्ने दोधारमा थीए | पछी मलाई अर्कै भूमिका दिईयो, मैले त्यसको तयारि समेत गर्न पाईन । यदि सबै तयारि गर्न पाएको भए म ९० प्रतिशत सम्म रिजल्ट दिन सक्थे । बिपिनले अहिले सम्म आफ्नो पुरै क्षमता देखाउन पाउने चलचित्र फेला नपारेको दाबि समेत गरेका छन् ।

साभार : कान्तिपुर साप्ताहिक