बुद्धिको भाग्य

नाटकमा मात्र अभिनय गर्थे – बुद्धि तामाङ । मण्डला थिएटरमा नाटकमा अभिनय गर्दागर्दै रामबाबु गुरुङको चलचित्र ‘कबड्डी’ मा मात्र ‘हैट’ भनेको भरमा एकाएक उनको माग बढ्यो । यो बर्ष निर्माणाधीन तथा प्रदर्शन भैरहेका धेरैजसो चलचित्रमा उनको कुनै न कुनै भूमिका छ ।

बुद्धिको माग यतिसम्म छ कि मुस्तांगमा छायांकन गरिएको चलचित्र ‘भैरे’का दुइ नायकमध्ये उनी पनि एक नायक हुन् । दयाहाङ राइसँग सहायक भूमिका निर्वाह गरिरहेका तामाङ भैरेमा दयाहाङसंगै नायक भएका छन् । चलचित्रमा दुइ नायीका छन्, एउटी दयाहाङ र अर्को बुद्धिका लागि । ती दुई नायीकाको भूमिकामा अभिनेत्रीद्वय वर्षा सिवाकोटी तथा सुरक्षा पन्तले निर्वाह गरिरहेका छन् । अब वर्षा र सुरक्षामध्ये बुद्धिकी नायीकाको हुन् त? कि दुवै? बुद्धि अहिल्यै यस विषयमा केहि बोल्न चाहदैनन् । बरु सामाजिक संजालमा भने यी दुवै अभिनेत्रीसँग मुस्तांगको चिसोमा खिचिएका बुद्धिका तस्विर आएका आइ छन् ।

भाग्य त लिएरै आएका हुन् बुद्धि तामाङले – हैट ।

साभार : कान्तिपुर साप्ताहिक