पाँच वर्षपछि बिहे : आंचल शर्मा

अभिनेती आंचल शर्माले ५ वर्षपछि मात्र बिवाह गर्ने खुलासा गरेको छिन् । शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र शत्रु गतेको प्रचार – प्रसारका क्रममा पोखरा पुगेकी आंचलले स्थानीय संचारकर्मीको एक जिज्ञासामा बिवाहका लागि अहिले आफू केटाकेटी भएको प्रतिकृया दिएकी थिइन । भर्खरै त चलचित्रमा पाइला चल्दै छु, अंचलको भनाइ थियो – त्यसैले अलि परिपक्व भएर ५ वर्षपछि बिवाह गर्ने हो ।

पछिल्लो समय आंचलको नाम अभिनेता पल शाहसँग जोडिएको छ । आंचलले पांच बर्षपछि बिवाह गर्ने खुलासा गरिरहदा पल पनि उनीसंगै थिए । यद्यपी संचारकर्मीको बिवाहसम्बन्धी जिज्ञासामा पालले मुखै खोलेनन् । उनी भन्दैथिए- चैत्र ९ गते शत्रुगते प्रदर्शन भएपछि मात्र म प्रेम र बिवाहका बारेमा बोल्नेछु । आंचल र पलले केहि चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा संग-संगै अभिनय गरेकाले पनि आम दर्शकहरु उनिहरुलाई प्रेमी-प्रेमिकाक रूपमा चिनिन्छन, तर उनीहरुले आफूलाई प्रेमी-प्रेमिकाका रुपमा घोषणा गरिसकेका छैनन् ।

साभार : कान्तिपुर साप्ताहिक